भरतपुर, ९ मंसिर ।
भोलिबाट चितवनमा हुन गइरहेको १० औं महाधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आएका छन् ।
पार्टीको राष्ट्रिय महाधिवेशनका लागि ओली आज चितवन आएका हुन् । श्रीमती राधिका शाक्य साथै पार्टीका नेता गोर्कण विष्ट र सुवास नेम्वाङसहित ओली चितवन आएका हुन ।
हवाईमार्गहुँदै भरतपुर आएलगत्तै ओली सौराहा गएका छन् ।
एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले सौराहामा गर्ने कार्यक्रममा उनी सहभागी हुनेछन् ।
ओलीले सम्बोधन गर्न लागेको उक्त कार्यक्रममा समाजवादको आधार निर्माणका विषयमा चार ओटा कार्यपत्र प्रस्तुत हुँदैछन् । कार्यपत्रउपर सात जनाले टिप्पणी गर्ने जनाइएको छ ।