भरतपुर, ४ मंसिर ।
अन्तर्राष्ट्रिय बाल दिवस २०२१ को अवसरमा पिस जोन स्कुल भरतपुरमा बाल क्लबका सदस्यहरूलाई फोहोर ब्यवस्थापनसँग सम्बन्धित ब्यवहारिक अभ्यास सम्पन्न भएको छ । नेपाल बिकास समाजको आयोजना तथा बेटर चितवनको सहकार्यमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूलाई फोहोर ब्यवस्थापन तालिमबाट सिकेका कुराहरूको मुल्याङ्कन परीक्षा समेत लिईएको नेपाल विकास समाजका परियोजना संयोजक ई. सागर कार्कीले जानकारी दिए । कार्यक्रममा बर्षा श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय बाल क्लब कार्यसमिति समेत गठन गरिएको छ । साथै उनिहरूले छिट्टै विद्यालय र समुदाय स्तरमा सरसफाई तथा फोहोर ब्यवस्थापन सम्बन्धि सचेतनामुलक कार्यक्रमहरू सन्चालन गर्ने बेटर चितवनका संयोजक समुद्र भट्टराईले बताए ।