भरतपुर, ३ मंसिर ।
नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ । आगामी ४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको हो ।
जसअनुसार वडा पदाधिकारीका लागि १०० रुपैयाँ तथा वडा सदस्य हुन ५० रुपैयाँ तोकिएको छ ।
स्थानीय तहका पदाधिकारीका उम्मेदवारले ५०० र सदस्यहरूले ३०० शुल्क बुझाउनु पर्ने र प्रदेशमा पदाधिकारी हुन उम्मेदवारले एक हजार र सदस्यले ५०० सय रुपैयाँ उम्मेदवारी शुल्क बुझाए पछि मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्रीय तहका उम्मेदवारको भने शुल्क निर्धारण हुन बाँकी छ ।