भरतपुर, ३० कात्तिक ।
नेकपा एमालेकाे १०औँ महाधिवेशनमा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल चितवनले सांस्कृतिक प्रस्तुति गर्ने भएकाे छ ।
पार्टीको सांस्कृतिक समितिका सहसंयाेजक एवं केन्द्रीय सदस्य देवी ज्ञवालीकाे प्रमुख आतिथ्य र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यकाे विशिष्ट आथित्यमा मंगलबार जिल्ला पार्टी कार्यालयमा सम्पन्न महासंघ चितवनको वैठकले साे निर्णय गरेकाे महासंघ चितवनका सचिव कृष्ण खनालले जानकारी दिए ।
खनालका अनुसार महासंघ चितवनले माैलिकतामा आधारित प्रस्तुतिका साथै जनसाहित्य मञ्च चितवनले साहित्यिक प्रस्तुति गर्नेछ ।
वैठकमा अतिथिका रुपमा उपस्थित रहेका युवा संघका सचिवालय सदस्य एवं महासंघ चितवन सल्लाहकार अस्मिन घिमिरेले समग्र कार्यक्रमकाे माेडालिटीकाे वारेमा छलफल चलाएका थिए ।
महासंघले आफूले प्रस्तुत गर्ने कला र साहित्यकाे आन्तरिक तयारी गर्न केन्द्रीय सचिवालय सदस्य पुष्प आचार्यकाे अनुगमन मूल्यांकन रहने महासंघ चितवनले जनाएको छ ।
वैठक महासंघ जिल्ला अध्यक्ष केदार दवाडीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । नेकपा एमालेले १०औँ महाधिवेशन अन्तर्गत नारायणी नदि किनारमा मङ्सिर १० गते उद्घाटन समारोह गर्नेछ भने ११ र १२ गते साैराहामा बन्द सत्र संचालन हुनेछ ।