भरतपुर, ३० कात्तिक ।
चितवनकी पत्रकार सिर्जना अर्याल योगमाया स्मृति सम्मानबाट सम्मानित भएकी छन् ।
प्रतिष्ठित समाजसुधारक योगमायाको बारेमा विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार गर्नमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई योगमाया प्रतिष्ठान विराटनगरले सोमबार उक्त सम्मान प्रदान गरेको हो ।
पश्चिम चितवनको चनौली बजारमा रहेको रेडियो साहिनोको सञ्चालकसमेत रहेकी पत्रकार अर्याल पत्रकार महासंघकी केन्द्रीय सचिव हुन् ।
भोजपुर जिल्लामा जन्मिएकी योगमायालाई समाजसुधारक र भ्रष्टचारविरोधी विरंगानाको रुपमा लिने गरिन्छ ।