भरतपुर,१ असोज़ ।भरतपुर महानगरपालिकामा सञ्चालित ‘तरकारी जोन’ कार्यक्रममार्फत यो वर्ष २ करोड १ लाख ६७ हजार बजेट परेको छ । गतवर्षको तुलनामा झण्डै २० प्रतिशत बढी बजेट परेको छ । पश्चिम चितवनको तरकारी उत्पादन बढी हुने क्षेत्रलाई लक्षित गरी सो बजेट परेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जोन कार्यक्रमका लागि भरतपुरलाई किसानले पाउने गरी भने १ करोड २० लाख मात्रै बजेट परेको छ । “गतवर्षभन्दा बढी बजेट परेको छ”, परियोजना जोन कार्यान्वयन इकाइ (तरकारी) जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले भने, “व्यावसायिक तरकारी खेतीलाई प्रोत्साहन गर्न सहज हुनेछ ।”
तालिम तथा गोष्ठी तथा कार्यक्रम प्रचारप्रसारका लागि ५ लाख ९ हजार, उत्पादन प्रविधि प्रदर्शन तथा प्रकाशन गर्न ३१ लाख ९४ हजार, तलब भत्ता तथा कार्यलय सञ्चालन गर्न ६३ लाख ६५ हजार बजेट परेको छ । जोन सञ्चालक समितिको निर्णयबाट १५ लाख रुपैयाा विविध शिर्षकमा किसानलाई अनुदान वितरण गर्ने लक्ष्य छ । मेसीनरी तथा साना सिँचाईका लागि ५२ लाख, बढी उत्पादन गर्ने किसानलाई २० लाख अनुदान दिइने लक्ष्य छ । कृषि प्राविधिक शिक्षालय सञचालन गर्न ५ लाख सहयोग गरिने जनाइएको छ ।
तरकारी खेतीलाई व्यावसायीकरण ११ करोड आवश्यक रहेको भन्दै बजेट माग गर्दा न्यून बजेट परेपनि गतवर्षभन्दा केही बढी बजेट परेको बताए । “परियोजनाले पकेट, ब्लक क्षेत्रका कार्यक्रम स्थानीय तहमार्फतै चलाउँदै आएको छ”, उनले भने, “५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गर्ने क्षेत्रलाई लक्षित गरी तरकारी जोन परियोजनामार्फतै सञ्चालन भइरहेको छ ।” व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास गर्ने गरी यो वर्ष पनि योजना छनौट गरी कार्यक्रम चल्ने बताए ।
तरकारी खेती व्यवसायीकरण गर्न २ करोड
तरकारी खेती व्यवसायीकरण गर्न २ करोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस