३० बैशाख । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन आइपुगेका छन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्नका लागि उनि सपरिवार आज साझ ५ वजे चितवन आएका हुन ।
भरतपुरको होटल ग्लोवलमा वसेका प्रधानमन्त्री प्रचण्डले भोली आइतवार विहान ७ वजे भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयवाट मतदान गर्नेछन् । भोलि पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नगरेको काम गर्दैछन । अहिलेको स्थानीय तहको निर्वाचनमा प्रचण्डले निकै अर्थ राख्ने काम गर्दैछन् । त्यो हो पहिलोपटक रुख चिन्हमा मतदान ।
प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह त गोलाकार भित्र हँसिया हथौडा हो तर उनले यस्तो तालमेल गरेका छन् कि उनी आफैंले अब रुखमा मतदान गर्नुनै पर्ने छ । उनले अहिलेसम्म नगरेको अर्थात हसिया हथौडा बाहेक रुख चिन्हमा पनि मतदान गर्नेछन् ।
काँग्रेससँगको तालमेलका आधारमा भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी र उपप्रमुखमा काँग्रेसका उमेद्बार मिलेर प्रतिष्पर्धामा छन् ।
महानगरको प्रमुख पदमा माओवादीका तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल उमेद्बार छिन् ।