काठमाडौँ, १ असोज ।
नेपालले चीनबाट खरिद गरेर ल्याएका ४४ लाख भेरोसेल खोप प्राप्त गरेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलगायतको टोलीले चीनबाट प्राप्त खोप ‘रिसिभ’ गरेका थिए ।
चीनबाट अहिलेसम्म खरिद गरेको यो समेत १ करोड २ लाख लाख खोप नेपाल भित्रिइसकेको छ । नेपालले यसअघि ४० लाख खोप खरिद गर्ने सम्झौता गरेको थियो भने पछिल्लो पटक ६० लाख खोप खरिद सम्झौता भएको थियो । यो बाहेक खरिद गरेको १६ लाख खोप पठाउन बाँकी छ भने अनुदान घोषणा गरेको १६ लाख खोप पठाउन बाँकी छ ।