विनोदबाबु रिजाल
भरतपुर, २४ भदौ ।
‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ को उपाधि नजिक पुग्न काठमाडौंको चर्चित ‘ए डिभिजन’ क्लब मनाङ मस्र्याङ्दी एक खुड्किलो मात्र पार गर्न बाँकी छ । तर, त्यो खुड्किलो सजिलो छैन ।
मनाङले दोस्रो सेमीफाइनलमा आज विजय युथ क्लब हेटौंडाको सामना गर्दैछ । हेटौंडा पहिलो खेलमा अर्को ‘ए डिभिजन’ क्लब फ्रेण्ड्सलाई पराजित गर्दै सेमीफाइनल पुगेको हो । उसँग सिमरा गोल्ड कप जित्दाको सेट नै अहिले छ । सबै खेलाडी फिट छन् । पहिलो खेलमा ए डिभिजनलाई जितेको जोश पनि छ । उच्च आत्मबल छ ।
मनाङ आफैमा प्रतियोगिताको सबैभन्दा आकर्षक टिम हो । राष्ट्रिय टिमको वर्तमान कप्तान विराज महर्जन नै मनाङको कप्तान हुनुमात्र होइन, राष्ट्रिय टोलीको पहिलो रोजाइँ स्ट्राइकर अञ्जन विष्ट, पहिलो म्याचको प्लेयर अफ दी म्याच बनेका सुजल श्रेष्ठ, डिफेन्समा अनन्त तामाङ, मिडफिल्डमा विशाल राई उसको दरिलो प्रेरणा हो ।
त्यसैले हेटौंडा मनाङको बलियो टोली देखेर मानसिकरुपमा तीव्र दबाबमा छ । यति धेरै राष्ट्रिय खेलाडी भएर पनि मनाङले पहलिो खेलमा सहज जित भने पाएन । उसले पहिलो खेलमा झापा–११ सँग टाई–ब्रेकरमा बल्ल जित आत्मसात ग¥यो । झापाले उसलाई अन्तिम समयसम्म आच्छु–आच्छु पा¥यो ।
आजको खेल हेर्नलायक हुने अपेक्षा गरिएको छ । क्याम्पाचौरमा दिउँसो ४ बजे सुरु हुने खेलका लागि १ सय र २ सयका दुईथरि टिकट राखिएका छन् । आयोजकले हरेक दिन टिकटको अधकट्टीबाट लक्की ड्र गरेर दुईजनालाई विजेता पनि बनाउने गरेको कार्यक्रम संयोजक अमृत श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा बिहीबारको सेमीफाइनल जितेर सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनल पुगिसकेको छ । एपीएफ सुदूरपश्चिम–११ लाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
फाइनल पर्सि सोमबार हुनेछ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन् । फाइनल खेल भदौ २६ गते हुने आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।