काठमाडौँ, २५ भदौ ।
सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका पाँच लाख परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्ने विधेयकमार्फत बजेटमा यस्तो व्यवस्था गरिएको बताएका हुन् । उनका अनुसार हरेक परिवारले १० हजार रुपैयाँका दरले राहत प्राप्त गर्नेछन् । स्थानीय सरकारको समन्वयमा २०७८ को असोज महिनाभित्र उक्त राहत वितरण गरिसकिने मन्त्री शर्माले जानकारी दिए ।