भरतपुर,३० वैशाख,
संयुक्त राष्ट्र संघको चौथो सडक सुरक्षा सप्ताहअन्तर्गत आज दारी ग्याङ चितवनसँगको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडक दुर्घटना न्युनिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा प्लेकार्ड प्रदर्शन गर्दै सडक प्रयोगकर्ताहरुलाई सचेत पार्ने कोशिस गरिएको थियो । सो कार्यक्रम जेब्रा क्रसिङमा बाटो काट्न पैदलयात्री आग्रह गर्नुका साथै सवारी चालकलाई जेब्रा क्रसिङबाट बाटो काट्ने पैदलयात्री प्राथमिकता दिई सवारी साधन विस्तारै हाक्न अनुरोध गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यु ठकुरीले बताए । सामाजिक उत्तरदायित्व वहन गर्दै दारी ग्याङले सडक दुर्घटना न्युनिकरण कार्यक्रममा ट्राफिक कार्यालयसँग सहकार्य गरेको दारी ग्याङ चितवनका संयोजक अनिल घिमिरेले बताए । दारी ग्याङले ट्राफिक कार्यालयसँग समन्वय गरी हरेक महिना सडक दुर्घटना न्युनिकरण सम्बन्धी कार्यक्रम गर्ने उनले बताए ।