चितवन, २१ भदौ ।
‘प्रथम ई–प्लानेट जेसीज कप–२०७४’ अन्तर्गत बुधबार (२१ गते) भएको खेलमा विभागीय टिम एपीएफले पोखरा – ११ लाई पराजित गरेको छ । जीतसँगै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ ।
एपीएफले पोखरालाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो । एपीएफको लागि खेलको चौथो मिनेटमै रमेश डंगोलले गोल गरे । दोस्रो हाफको ४६ मिनेटमा युवराज खड्का र ५६ मिनेटमा रन्जन विष्टले गोल गरेका हुन् । विष्टले पेनाल्टी गोल हानेका हुन् ।
पोखराका लागि एक मात्र गोल खेलको ७७ औं मिनेटमा सुनिल विकले गोल गरेका हुन् । एपीएफका लागि अन्तिम गोल इन्जुरी टाइममा पाएको कर्नर प्रहारलाई रुपबहादुर लामाले पोष्टको दिशा दिएका हुन् ।




म्यान अफ दि म्याच एपीएफका युवराज खड्का भए । उनले नगद ५ हजार प्राप्त गरे । २२ गते विहीबार झापा ११ विरुद्ध मनाङ मस्र्याङदिले खेल्ने आयोजक संस्थाका संचार संयोजक अर्जुंन अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन् ।