काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन गरेपछि तत्कालै निर्वाचनको मत गणना सुरु गर्ने जनाएको छ । सरकारले लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा अधिकतम राजनीतिक शक्तिहरुलाई सहभागी गराउने रणनीति अनुसार गरेको दुई चरणको निर्वाचन एक महिनाको समयान्तरमा राखेको छ ।
एक महिनापछि हुने दुई समान निर्वाचनको मतपरिणाम एकैपटक सार्वजनिक गर्ने कि एउटा निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्नु राम्रो हो ? भन्ने सवाल अहिले चौतर्फी रुपमा बहसको विषय बनेको छ । सोमबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदान सकिएपछि प्रक्रियावद्ध रुपमा प्रमुख निर्वाचन आयुक्तको कार्यालयमा मतपत्र ल्याईने र सो पछि प्रमुख निर्वाचन अधिकृतले तोकेको समयमा तत्कालै मत गणना सुरु गरिने स्पष्ट पारे ।
विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’
विज्ञहरुको सुझाव ‘भारतको जस्तो होईन, मतगणना तत्कालै गर्नुपर्छ’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस