भरतपुर, १३ भदौ ।
माडी सांस्कृतिक उत्सव कृषि, पर्यटन तथा व्यापार मेला हुने भएको छ । माडी बसन्तपुर बजारमा हुने मेला भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चाल हुनेछ । ग्रामीण सञ्चार सञ्जाल माडीले भरतपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिएको हो ।
आयोजक संस्थाका अध्यक्ष सूर्य पाठकले माडीको संस्कृति, पर्यटन प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताए । मेलामा १ सय ५० स्टल रहने बताए । सांस्कृति उत्सव अन्र्तगत राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहने बताए । बाल उद्यान, माछा पोखरी, पर्यटन र कृषि सम्बन्धि विभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ । मेला सञ्चालन गर्न १ सय १ सदस्यिय आयोजक समिती गठन भएको छ । ११ सदस्यिय मुल समिति रहेको छ । मेलाको प्रमुख संरक्षक माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल रहेका छन् भने सल्लाहाकार प्रमुख उपमेयर ताराकाजी महतो रहेका छन् । मेलामा ५० लाखको आर्थिक कारोबार हुने आयोजक ग्रामिण संचार संजाल माडीले जनाएको छ । ५० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको छ ।