३० वैशाख, एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) का निलम्वित प्रमुख जेम्स कोमीलाई पदमा रहँदा भएका कुराकानी नचुहाउन चेतावनी दिएका छन् ।
शुक्रबार बिहानै गरिएका केही ट्वीट सन्देशमा राष्ट्रपति ट्रम्पले पदीय हैसियतमा गरिएका कुराकानीलाई सञ्चारमाध्यमसमक्ष नलान भनेका हुन । ट्रम्पले निलम्वनमा परेका पूर्व एफबीआई प्रमुख कोमीलाई उनि पदमा रहेका बेला भएका कुराकानी रेकर्ड भएको हुनसक्ने बताउँदै सबै विवरण सञ्चारमाध्यमलाई नदिन आग्रह गरेका हुन ।
कोमीलाई निलम्वन गरेकोमा आएका आलोचना र सञ्चारमाध्यममा आएका प्रतिक्रियाप्रति लक्षित गर्दै ट्रम्पले सो ट्वीट गरेका हुन ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व एफबीआई निर्देशक पदमा रहेका बेला आफ्नो निर्वाचन अभियानमा रसियाली प्रभाव रहेको भन्ने आरोपबारे एफबीआई अनुसन्धान आफूमाथि लक्षित रहेको छ वा छैन भन्ने विषयलाई सोधेको खुलासा गरेका छन् । कोमीलाई यसैहप्ताको सुरुतिर पदबाट बर्खास्त गरिएको थियो ।