भदौ ११
भरतपुर अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । अस्पतालमा १२ बेडको सुविदा सहित सेवा सुरु गरिएको छ । नेपाल सरकारको निति अनुसार भरतपुर अस्पतालमा डायलासिस सेवा निशुलक गरिएको अस्पतालका मेडिकल सुपेरीटेण्डेन्ट डा. रुद्र प्रसाद मरासिनिले जानकारी दिनुभयो ।
धादिङ सल्यानटारकी ६२ वर्षिय धनकुमारी थपलियाको डायलासिस गरेर सेवा सुरु गरिएको थियो । निजि अस्पतालमा पालो नपाएपछि भरतपुर अस्पताल पुगेकी थपलियाको उपचार गरेर सेवारम्भ गरिएको अस्पतालका सुचना अधिकारी गोपाल प्रसाद पौडेलले बताउनुभयो ।
मृगौला फेल भएका विरामीको रगत सफा गर्नका लागि डायलासिस गरिन्छ । एउटा विरामीको हप्तामा दुई पटक डाउलासिस गर्नुपर्ने छ । डायलासिस गर्नका लागि आवश्यक आधारभूत परिक्षण बाहेक ठुला परिक्षण र औषधीको भने पैसा लाग्ने छ । डायलासिसको लागि १२ वटा उपकरण जडान गरिएको छ । डायलासिस सेवाका लागि नेपाल सरकारले उपकरण सहयोग गरेपनि त्यसको लागि आवश्यक ब्यवस्थापन भरतपुर अस्पतालले गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले जानकारी दिनुभयो । यो सेवा सुरुवात संगै विरामीलाई सरल र सहज रुपमा सेवा दिईने उहाँले बताउनुभयो । तत्कालिन स्वास्थ्य मन्त्रि गगनकुमार थापाको पालामा बजेट निकासा गरिएको थियो ।
भरतपुर अस्पतालमा डायलासिस सेवा सुरु
भरतपुर अस्पतालमा डायलासिस सेवा सुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस