दयाराम आचार्य
नवलपरासी,साउन २९ ।
पूर्व पश्चिम राजमार्गको दाउन्नेमा एक तर्फी रुपमा सवारी संचालनमा आएको छ । राजमार्ग भासिएको क्षेत्रमा भिर काटर डाईभर्सन बनाए पछि सवारी संचालन गरिएको हो । अहिले पहिलो चरणमा दाउन्ने क्षेत्रमा रहेका खालि गाडीहरुलाई मात्र संचालन गरिएको सडक डिभिजन कार्यलय बुटवलका इन्जिनिएर देवेन्द्र शर्माले जानकारी दिए । बिस्तारै अन्य सवारीलाई पनि छाडिने जनाइएको छ । तर पानी परिरहेकाले भारी सवारी छाडदा समस्या आउछ कि भनेर पहिले हलुका सवारी मात्र छाडिएको उनले बताए ।
शुक्रबार गएको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।