दयाराम आचार्य
नवलपरासी,साउन २९ ।
नवलपरासीको कावासोती नगरपालिका १७ अमलटारीमा नारायणीको बाढी प्रवेश गर्दा १६ घर डुवानमा परेका छन् ।
अमलटारी स्थिति गंगेश्वर धामबाट प्रवेश गरेको नारायणीको बाढिका कारण धामको दक्षिण क्षेत्रका करीब १६ घर डुबानमा परेका छन् ।
यस्तै नारायणी क्षेत्रमा खोलिएका होटलहरू समेत डुबानमा परेका छन् । नारायणी नजिक रहेका नाना होटल, राइनो होटल बाढिले डुवेको छ । यस्तै मध्यविन्दु नगरपालिका ३ ब्रहम स्थानमा त्यहाँ रहेको ग्लोबल ह्याचरी समेत बाढीका कारण डुवेको छ । ह्याचरीमा कुखुरा भने नरहेको जनाइएको छ ।बाढिका कारण नन्दपुर सेहरी क्षेत्रका ४ घर डुवानमा परेका छन् ।
अमलटारी क्षेत्रमा बाढि पसेसँगै सुरक्षाकर्मीले सो क्षेत्रका स्थानियलाई गोछडामा स्थानान्तरण गरेको जनाइएको छ ।
स्थानियहरू आफ्ना पशु चौपाया सहित सुरक्षित स्थानमा सरेका छन् ।