दयाराम आचार्य
नवलपरासी,२९ साउन ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नलपरासीको दाउन्नेको पूर्वी भागमा पनि सडक भासिएको छ ।
दुम्किबास बजार देखी २ किलोमीटरको दुरीमा दाउन्ने उकालोमा करीब १० मीटर सडक भासिएको दुम्किबास प्रहरीले जनाएको छ । अहिले प्रहरीले पूर्व वाट जाने साना तथा ठुला सवारी सबैलाई दुम्किबास बजारमानै रोकेको छ । दाउन्ने क्षेत्रमा जोखिम बढेको भन्दै सवारी सो क्षेत्रमा प्रवेशका लागि रोकिएको जनाइएको हो । यस्तै पश्चिमबाट आएका सवारीलाई बर्दघाटमा रोकिएको छ ।
यस अघि हिजो दाउन्नेको बर्दघाट क्षेत्र एस मोड र खुर्सानी खोलाको बीच भागमा सडक भासिएको थियो ।
यसै बीच यात्रमा अलपत्र परेका यात्रुहरुलाई विभिन्न संघ सस्थाले निशुल्क खाना,नास्ताको व्यवस्था गरेकाछन ।
पानी परिरहेको र विभिन्न ठाउमा साना ठुला पहिरो गएका कारण राजमार्ग कति बेलाखुल्छ भन्ने अनिश्चित बनेको छ ।
पूर्व पश्चिम राजमार्गको दाउन्नेको पूर्वीभागमा फेरि सडक भासियो
पूर्व पश्चिम राजमार्गको दाउन्नेको पूर्वीभागमा फेरि सडक भासियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस