भरतपुर, २९ जेठ ।
युरो कप २०२० अन्तर्गत प्रतियोगिताको दोस्रो खेलमा यति बेला ग्रुप (ए) तर्फका वेल्स र स्वीजरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् । बाकु ओलम्पिक स्डेटियममा खेलको पहिलो हाफ चलिरहँदा दुवै टोली गोलरहित बराबरीमा खेलिरहेका छन् । ग्रुप ए को शीर्ष दुईमा अटाउनका लागि यी दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।
यी दुई टोलीबीच खेलिएका ४ खेलमध्ये ३ मा स्वीजरल्याण्डले बाजी मारेको छ भने वेल्सले एक खेल मात्रै जित्न पाएको छ । यद्यपि आजको खेलमा वेल्स सो रेकर्डलाई सुधार्न चाहनेछ । स्वीजरल्याण्ड पछिल्ला ५ खेलमा अपराजित छ भने वेल्सले ५ मध्ये दुईमा जीत, दुईमा हार र एकमा बराबरीको नतिजा भोगेको छ
वेल्सले यसअघि २०१६ को युरो कपमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यस बेला उसले सेमी फाइनलसम्मको यात्रा तय गर्न सकेको थियो । स्वीजरल्याण्ड भने चौथो पटक प्रतियोगिताका लागि छनौट भएको हो । युरो कपमा उसको सर्वश्रेष्ठ प्रदर्शन भनेको २०१६ युरोमा अन्तिम १६ सम्म पुग्नु हो ।