पोखरा, २९ जेठ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीतादेवी पौडेलले ३१ सांसदसहित दाबी प्रस्तुत गरेका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस् भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।
पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेशसभाका ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए ।