भरतपुर, २९ जेठ ।
पछिल्लो समय रेडियो प्रशारणसँगै म्युजिक भिडियो निर्माणमा जुटेको आभानी मिडिया प्रालिद्वारा सञ्चालित ह्याप्पी एफएम नवलपुरले नयाँ गजलको पोस्टर सार्वजनिक गरेको छ ।
एफएमले गायक प्रमोद खरेलको स्वर रहेको `तिमी बोलाउ मात्र…’ नामक गजलको पोस्टर शुक्रबार सार्वजनिक गरेको हो । गजलमा गायक तथा संगीतकार तिलकबम मल्लको संगीत तथा साहित्यकार तथा पत्रकार आदर्श सुशीलको शब्द रहेको छ ।
परिवेश डिजिटल रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड भएको गजलको छायांकन नवलपुरको देवचुली नगरपालिका आसपास गरिएको छ । दीपेश कडरियाको निर्माणमा बनेको सो गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन् । गजलको छायांकन र मिक्सिङ्ग किङ्स स्टुडियोका रिन्कु सापकोटाले गरेका छन् ।
उक्त गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ । गजलमा राज र एलिनाको बियोगान्त प्रेम कथालाई दर्शाउन खोजिएको छ ।