विनाेदबाबु रिजाल
भरतपुर, २९ साउन ।
अविरल वर्षाका कारण पठनपाठन सञ्चालन गर्न अप्ठ्यारो भएकाे भन्दै जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् । जिल्ला शिक्षा कार्यालय र निजी तथा अावासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनले सूचना जारी गरि अप्ठ्यारो परे विद्यालय बन्द गर्न भनेपछि पठनपाठन राेकिएकाे हाे ।
शिक्षा कार्यालयकाे सूचनामा शिक्षा नियमावलीले व्यवस्था गरेअनुसार स्थानीय विदा मिलाउन भनिएकाे छ । त्यस्तै सट्टा विदा गरेर भएपनि व्यवस्था मिलाउन सकिने जनाइएकाे छ ।
साथै बाढी पहिराे प्रभावितकाे उद्दारमा जुट्न शिक्षा कार्यालयले शिक्षक, विद्यार्थी र अभिभावकमा अपिल गरेकाे छ ।
फाेटाे१: शिक्षा कार्यालयले जारी गरेकाे सूचना
फाेटाे २ र ३: डुबानमा परेकाे खैरहनीकाे डेजी स्कुल (प्रेम रिमालकाे फेसबुकबाट)