भरतपुर, २९ वैशाख ।
सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यर्तालाई वितरण गर्न बर्सेनि करोडौं रुपैयाँ निकासा गर्दै आएको छ । मन्त्रिपरिषद् बैठकले पछिल्लो ४ वर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रुपैयाँ निकासा गरेको समाचार काठामाडौंबाट प्रकाशित हुने कारोबार दैनिकले प्रकाशित गरेको छ ।
मातृका दाहालले लेखेको समाचारमा नागरिक राहतरक्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि २०६६ अनुसार विपन्न तथा विशिष्ट व्यक्तिलाई मात्र मेडिकल रिपोर्टका आधारमा सरकारले राहत तथा उपचार खर्च उपलव्ध गराउनसक्ने व्यवस्था रहेको उल्लेख छ ।
तर, त्यसविपरित आर्थिक वर्ष २०७०र०७१ देखि आव २०७३र७४ चैत सम्ममा दलका कार्यकर्ताका लागि आधा अर्बको हाराहारी रकम बाँडिएको गृहमन्त्रालयको अभिलेखमा उल्लेख छ ।
गृह मन्त्रालयका अनुसार तत्कालीन प्रधानमन्त्रीद्वय सुशील कोइराला र केपी शर्मा ओली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा उनीहरूको मन्त्रिपरिषद्का मन्त्रीहरूले ४ वर्षको अवधिमा १ हजार १ सयभन्दा बढी नेता–कार्यकर्तालाई रकम बाँडेका छन् ।
गत फागुन १७ को मन्त्रिपरिषद् बैठकले मात्रै सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस तथा प्रतिपक्षी एमाले र राप्रपा निकट ४ सय ५७ जना कार्यकर्ताका लागि ७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को उक्त निर्णयबमोजिम अर्थ मन्त्रालयले गृह मन्त्रालयका नाममा सो रकम निकासा गरेको हो ।
कहिले कति बाँडियो ?
२०७०र७१ स् २ करोड ३ लाख
२०७१र७२ स् १८ करोड ३२ लाख
२०७२र७३ स् १५ करोड २७
२०७३ जेठ–साउन स् २ करोड २७ लाख
२०७३ चैत स् ७ करोड ७७ लाख
अर्थ मन्त्रालयका अनुसार एकैदिन भएको मन्त्रिपरिषद् निर्णयअनुसार बेदकोट–२ कञ्चनपुरका अजवसिंह भण्डारी, आमभञ्ज्याङ–६ मकवानपुरका सूर्यबहादुर रुम्बा, कपिलवस्तुका राजेन्द्र पौडेल, बाँकेका महेन्द्र सिक्का आजाद, कांग्रेस धनुषाका सांसद प्रेमकिशोरप्रसाद साहलगायतलाई उक्त रकम राहत सुविधाबापत उपलब्ध गराइएको छ ।
“आफै्रले बनाएका नीतिनियम तथा निर्देशिकाको धज्जी उडाउँदै प्रधानमन्त्रीदेखि मन्त्रीहरूले कार्यकर्तालाई मनपरी रकम बाँड्ने गरेका छन्,” गृहमन्त्रालयका एक अधिकारी भन्छन्, “पहुँच, प्रभाव र शक्तिकेन्द्र नजिककाले राज्यकोषको सँधै दोहन गर्ने तर दुर्गम तथा विपन्न परिवारका नागरिक सामान्य स्वास्थ्य उपचार समेत नपाइ ज्यान गुमाउने स्थितिमा छन् ।”