विनाेदबाबु रिजाल
चितवन, २९ साउन ।
निरन्तरकाे वर्षाले देशैभरकाे जनजीवन निकै प्रभावित भएकाे छ ।
चितवनमा पनि वर्षाले धेरै ठाउँमा प्रभाव पारेकाे छ । विशेषगरी राप्ती र रिउखाेला बढेर उसका तटीय क्षेत्रमा बढी प्रभाव परेकाे छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार जिल्लामा धेरै ठाउँमा बाढीकाे प्रभाव परेकाे छ । “जिल्लाका सबैजसाे क्षेत्र जलमग्न भएकाे छ”, उनले भने, “सबैलाई सतर्क रहन अपिल गर्छाैं ।”
उनले राप्तीकाे तटीय क्षेत्र बढी डुबानमा रहेकाे बताए ।
अहिलेसम्म मानवीय क्षति नभएपनि जुनसुकै बेला ठूलाे क्षति गर्न सक्ने भन्दै सुरक्षित रहन उनले सुझाव दिएका छन् ।
“पहिलाे कुरा अाफू सुरक्षित रहनुहाेस्”, उनले भने, “अनि अरूलाई पनि बचाउनुहाेस् ।”
अाजै बिहान भरतपुर महानगरपालिकामा बसेकाे बैठकमा सबै क्षेत्रमा स्थानीय तह संयन्त्र परिचालन गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारीले जनाए ।
मेयर रेणु दाहालले स्थानीय संरचनामा अावश्यक निर्देशन भएकाे बताइन् ।
निरन्तर वर्षा भइरहेकाेले उद्दारमा कठिनाइ भएकाे छ । उद्दारका लागि जिल्लामा ३ वटा हाई एलर्ट टाेली बनाइएकाे छ । जसलाई प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र जिल्ला जनस्वास्थ्य प्रमुखले नेतृत्व गरेका छन् । यसमा सेना, सशस्त्र, नेपाल प्रहरी, रेडक्रस, राजनीतिक दल सबै सहभागी गराइएकाे छ ।