चितवन, २८ साउन । अखिल नेपाल महिला संध कान्तीकारी चितवनले भरतपुर महानगरपालिकामा निर्वाचित मेयर र उपमेयरलाई स्वागत, सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय महासचिव समेत रहेकी रेणु दहाल भरतपुर महानगरपालिकाको मेयर हुनुभएकोमा बधाई ज्ञापन गर्दै कार्याकालको शुभकामना ब्यक्तसहित सम्मान गरेको हो ।
बधाई कार्यक्रममा मेयर दहालले प्रतिवद्धता ब्यक्त गर्दै देशका महानगरपालिका मध्य एक मात्र महिला मेयर हुन पाउनु गर्वको कुरा रहेको भन्दै विभिन्न अप्ठारोलाई पार गर्दै महानगरको मेयर भएकोले यो सम्पुर्ण महिलाहरुको जित भएको बताईन् ।
उनले प्रतिपक्ष दलको खवरदारीले आफुले भरतपुरको विकासमा कार्य गर्दा सर्जक र सचेत हुने मौका पाउने र कार्य सजकता पुर्वक अधि बढाउने बताईन् । चुनौती र अवसर दुवै रहेको भरतपुरमा महिलाहरुको शिर उच्च राख्ने गरि कार्य गर्ने बताईन् ।
अनेमसंघ क्रान्तिकारीकी केन्द्रिय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्थततामा भएको कार्यक्रममा प्रमुख अतिथिले मेयर रेणु दहाललाई सम्मान गरेकी थिई्न । सोही अवसरमा उपमेयर पार्वती शाहलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु, भातृसंगठनका प्रमुख तथा प्रतिनिधि सहित अनेमसंघ चितवनका पदाधिकारी सहित सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई अनेमसंध चितवनकी अध्यक्ष संगीता भटट्राईले अध्यक्षता गर्नु भएको थियो ।