२८ साउन । शुक्रबार देखि परेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण ३० जनाको ज्यान गएको छ । बाढीका कारण देरभरका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ ।
हालसम्म बाढी र पहरोमा परी मोरङमा तीन ३, झापामा २, सुनसरीमा ७,पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, सिन्धुलीमा ४, पाल्पामा १ एक जना गरी ३० जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।गृहमन्त्रालयले मुलुकका बिभिन्न नदीहरुको जलसतह बढेको र केहि नदीहरुको जल सतह खतराको तह भन्दा माथि गएकोले सबैलाई आ आफनो तर्फबाट उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।