काठमाडौँ, १८ जेठ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । संघको सोमबार भर्चुअल रूपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए । संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । संघमा एक हजार दुई सयको केन्द्रीय समिति छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले संघलाई कोभिड-१९ महामारी नियन्त्रणका रूपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्नेसमेत बताए ।