२८ श्रावण
पूर्वी चितवनको राप्ती नगरपालिका वडा न. ४ स्थित भवानीपुर संगम बस्ती सुधार समितीले आज शनिबार सम्मान कार्यक्रमको आयोजना गरेको थियो।
वडा न. ४ का अध्यक्ष शमशेर लामा लगायत वडा सदस्यलाई सम्मान गरिएको सो कार्यक्रममा समितीका अध्यक्ष एकबहादुर श्रेष्ठ स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।
गौरीदास श्रेष्ठ सभापति रहनु भएको सो कार्यक्रममा वडाका अध्यक्ष शमशेर लामा प्रमुख अतिथी रहनु भएको थियो।उक्त कार्यक्रममा बिशिस्ट अतिथि मायानाथ सेढाई,जगन्नाथ श्रेष्ठ र अतिथहरुमा संचारकर्मी मनोज पन्त,थलराज पाठक,
हरिप्रसाद बर्तौला, जेष्ठ नागरिक टिकामाया दहाल रहनु भएको थियो।
कार्यक्रममा बाल बालिकाका लागि कार्यक्रम र बाटो निर्माणका लागि टोल बासीहरुले वडा अध्यक्ष लामालाई अनुरोध गरेका थिए। वडा अध्यक्ष लामाले भने आफ्नो वडालाई समृद्ध र समुन्नत बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो।