काठमाडौं, १६ जेठ ।
संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । संवैधानिक इजलासमा लामो बहस भए पनि बिषयबस्तुमा भने प्रवेश भएको छैन । मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ ।
आइतबार यस विषयमा दुबै तर्फको बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे ।
संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले उनले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन् ।
संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।