काठमाडौं, १४ जेठ ।
प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बिहीबार प्रतिनिधिसभा विघटनविरूद्ध परेका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएका थिए ।
यससँगै थप ११ वटा रिटको सुनुवाइ पनि संवैधानिक इजलासमा हुने भएको छ । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए ।
संविधानको धारा ७६ मा केही अस्पष्टता र यसमा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता औँल्याउँदै बिहीबार प्रधानन्यायाधीश राणाले १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाएका हुन् ।
संसद विघटनविरुद्ध परेका १९ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन् ।
बिहीबारदेखि सर्वोच्चमा संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । शुक्रबार पनि संसद विघटनविरुद्ध परेका ११ रिटमाथिको सुनुवाइका लागि पेसी तोकिएको छ ।