भरतपुर, १२ जेठ ।
बंगालको खाडीमा न्यून चापीय प्रणालीका कारण उत्पन्न भएको “यास” चक्रवातका कारण बुधबार दिउँसो चितवन तथा आसपासका भूभागमा सामान्य वर्षा भएको छ । यहाँ मंगलबार दिउँसो पनि हावाहुरीसहित वर्षा भएको थियो । पछिल्ला केही दिनयता जिल्लाको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने गरेको थियो । वर्षा पछि भने यहाँको मौसम केही शीतल बनेको छ ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएकाले शहरमा मानिसको आवागमन पनि न्यून रहेको छ । मंगलबार र बुधबार वर्षा हुनाले पनि सडकमा कमै मानिस हिँडेका थिए ।
तस्बिरः शिव गौतम