भरोसा गर्दै सारा बिरामी हाम्रै आधारमा छन्
यता टुलटुल हेर्नुपर्ने, स्वास्थ्यकर्मी मारमा छन्
थेग्नै नसक्ने चाप छ, जताततै हेर्यो छट्पटीमा
केहीले पाए अक्सिज, अरु मृत्युको धारमा छन्
हुने खानेलाई नै मिल्छ यहाँ निशुल्क उपचार
आखिर जे आएनी गरीब जनता शिकारमा छन्
ठूला कुरा हुन्छन् तर पुर्याउन नसकेर अक्सिजन
मृत्युको पर्खाईमा बस्नु पर्ने जन्ता लाचारमा छन्
देश महामारीले छट्पटिँदै गर्दा कुनै चिन्ता छैन
तिम्रा आफन्त मरे भने खोज्नु अखबारमा छन् ।।