प्रमिता ढकाल
२४ साउन ।
सञ्चारिका समुह नेपालकी अध्यक्ष निर्मला शर्माले महिलाहरुको पर्व मानिने तिजमा महिलालाई गरिने विभेदको जरो खोतल्नुपर्ने धारणा राखेकीछिन् ।पुरुषको आयु लम्याउन भन्दै निराहार व्रत वस्ने परम्परा लादिनु महिलालाई अर्काको भरमा बाच्न बाध्य पारिने कडी भएको उनको ठम्याइ छ ।फेन्सी व्यवसायी संघ चितवन र फेनसी साकोसले आयोजना गरेको तीज विशेष कार्यक्रम २०७४ मा आफ्ना भनाई राख्दै पुरुष विनाको जीवन सम्भव नभएको आभाष गराउने गरी तीजको विशेष व्रतलाई प्रोत्साहन गर्नु पनि विकृति भएको उनले बताइन् ।
यस्तै पञ्चमी पूजाले पनि महिलालाई अपहेलित गरेको तर्क गरेकीछिन् ।महिनाबारी हरेक महिलाको जीवनमा एउटा स्वभाविक जैविक प्रक्रिया भएपनि घर परिवार र समाजमा छुवाछुतको परम्परालाई यस पूजाले बढावा दिएको टिप्पणी गरीन् । महिनावारीको समयमा वर्ष भरीमा जानी नजानी भएका भूलको क्षमा भन्दै राखिने पूजाले महिलाको सम्मान गर्न नसककेको उनको ठहर छ । छाउ प्रथाको विरोध गर्ने तर शहर बजारका हरेक घरमा अभिन्न रुपमा रहेको महिनाबारी हुंदाको छुवाछुतको विभेद कायम राखेर महिलालाई कमजोर तुल्याइएको उनले बताइन् ।
तीजको अवसरमा आयोजना गरीने कार्यक्रमलाई पछिल्लो समय भड्किलो एवम् विकृतिपूर्ण भन्दै बन्द गर्ने प्रयास केवल महिलाहरु पुरुष सरह घर बाहिर निस्कने हिम्मतलाई पुरुषवादी समाजले घुमाउरो ढंगबाट अंकुश लगाउन खोजेको आरोप लगाइन् ।महिला आर्थिक रुपमा शशक्त नभएकै कारण हेपिएर दविएर बांच्न बाध्य भएको उनको ठम्याई छ । महिला माथी हुने सबै प्रकारका विभेद विरुद्ध आवाज उठाउन तीज कुर्न नपर्ने भन्दै सबलीकरण र शशक्तिकरणमा ध्यान दिन आग्रह गरीन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले महिलाहरुले स्वतन्त्रताको महसुस गर्ने एउटा मात्र पर्व तीजलाई भड्किलो भन्दै रोक्ने प्रयास निरर्थक रहेको बताए ।हरेक चाड पर्वमा घरका महिला सदस्यलाई कार्यभार बढ्ने भएपनि तीजमा माइतीमा गएर स्वतन्त्र रहने वातावरण मिल्ने उनले बताए ।पछिल्लो समय महिलाहरु पनि व्यवसायीक रुपमा सक्षम हुंदै गर्दा वर्षभरी फूर्सद नमिलेपनि तीजको बेला एकआपसमा भेटघाटको माहोल हुने भन्दै तडक भडक विनाका कार्यक्रम गर्न बन्देज लाउन नहुने बताए । यस्तै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले विगतमा महिलाले घरमा भोगेका दुख मात्र पोख्ने तीज अब आफ्नो काम र अनुभवको आदान प्रदान समेत गर्न सक्ने रुपमा विकास गर्नु अस्वभाविक मान्न नहुने तर्क गरे ।परम्परागत पद्धती भन्दा पनि समय अनुसार महिला शशक्तिकरणमा आएका परिवर्तनलाई पर्वले पनि साथ दिन सक्ने वातावरण आवश्यक रहेको उनको भनाई छ ।कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका निर्वतमान अध्यक्ष हेमराज पौडेलले तीजका पुराना गीत र भाकाले समेट्ने भावलाई निरन्तरता दिनुपर्ने बताए ।तीज गीतमा भित्रीएका विकृतीले पर्वलाई नै प्रदुषित बनाएको उनको भनाई छ ।यस्तै महिला अधिवक्त फूलमाया रानाभाटले तीज विशेष कार्यक्रमहरु गीतसंगित मात्र नभई महिलाको अवस्था सुधारको लागि छलफलको आंगन बन्न सक्ने बताइन् ।कार्यक्रममा फेन्सी व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष हरिशचन्द्र पिया, फेन्सी साकोसका संस्थापक अध्यक्ष विजयकुमार तण्डुकार लगायतले मन्तव्य राखेकाछन् ।फेन्सी व्यवसायी संघ चितवन र फेनसी साकोसले विगत तिन वर्ष यता सचेतना मुलक तीज कार्यक्रम गर्दै आएको अध्यक्ष बालकृष्ण कंडेलले बताए । विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याएका व्यक्तित्व र कार्यक्रमलाई सहयोग गर्नेहरुलाई मायाको चिनो प्रदान गरीएको कार्यक्रममा सहभागिहरुले लोक गायीका पूर्णकला विसीको मधुर स्वरमा तीज गीतको मनोरञ्जन लिंदै नाचगान गरेका थिए ।