भरतपुर, १० जेठ ।
कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।
मन्त्रीस्तरीय निर्णयले डा. गौतमलाई युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले डा. गौतमलाई नियुक्त गरिएको जानकारी दिए ।
कोभिड-१९ युनिफाइड अस्पतालले देशभरका कोभिड डेडिकेटेड अस्पतालको नेतृत्व गर्ने छ भने यसको प्रमुखमा नियुक्त भएसँगै उनले जनशक्ति, स्रोत साधनलगायतको व्यवस्थापन गर्नेछन् ।