साउन २ ४ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ८ मा हरेकको घरमा खानेपानीको पहूच पु¥याउने भएको छ । वडामा खानेपानीको समस्या भएकोले खानेपानीको धारा हरेक घरमा पु¥याउने निर्णय गरेको हो । वडाका नवनिर्वाचित वडाध्यक्ष दामोदर न्यौपानेले पदभार ग्रहण गर्दै ‘एक घर एक धारो ’ अभियानको थालनि गर्नुभएको छ । खानेपानीको समस्याका कारण जनताले सास्ति बेहोर्नुपरेको भन्दै खानेपानीको सहज सुविदा गराउन वडा समितिले पहिलो निर्णय गरेको हो । त्यस्तै उत्साहपूर्वक मतदान गरेर निर्वाचन सफल पारेकोमा वडाबासीलाई धन्यवाद दिईएको छ । आफुहरुलाई निर्वाचित गरेर विकासको जिम्मा लगाएको भन्दै जनताको सेवक भएर काम गर्ने उहाँले बताउनुभयो । वडा नम्बर ८ लाई नमूना वडा बनाउने वडाध्यक्ष न्यौपानेले बताउनुभयो । जनप्रतिनिधिले आईतवार सपथ लिएर पदभार ग्रहण गरेका थिए ।