भूकम्प गयो,
देशको लागि राहत संकलन ।
नाकाबन्दी भयो,
जनताको लागि राहत संकलन ।
बाढी आयो,
पहिरो आयो,
कोभिड १ आयो,
कोभिड २ आयो,
अरु
धेरै चीज आए , गए
कति आउनै बाँकी छन् ,
ती सबै बेला हुन्छ
देश र जनताकै लागि
राहत संकलन ।
घर छाडेर जाँदैमा
घरको माया कहाँ घट्छ र ?
घरै भत्कोस् भनेर कस्ले भन्छ र ?
सबैले बुझेको कुरा यही हो
फर्केर आउँदा सबैलाई आफ्नै घर चाहिन्छ ।
सरकार
अनि किन
यति बिघ्न माया गर्ने नेपालीलाई,
सधैं चाहिने नेपालीलाई
तिमी दिँदैनौ दोहोरो नागरिकता ?