बर्दघाट, ५ जेठ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने-बर्दघाट सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको निधन भएको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परि घाईते भएकालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी र ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरेर अस्पताल पठाएको छ ।