भरतपुर, ५ जेठ ।
गण्डकी प्रदेशको लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ ।
लमजुङ जिल्लाको भुलभुले केन्द्रविन्दु भएर बिहान ५:४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
भूकम्पको धक्का चितवन सहित काठमाडौँ उपत्यका र पोखरा लगायतका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ ।