विनोदबाबु रिजाल
भरतपुर, २२ साउन ।
भरतपुर महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिले सपथ लिएका छन् । जिल्ला समन्वय समिति चितवनको सभाहलमा केहीबेरअघि मात्र मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नवनिर्वाचित मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहलाई सपथ गराए ।
उनीहरु दुवैले सपथ लिएपछि मेयर दाहालले १५ वटा वडाका वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ गराइन् । १४ वडाअध्यक्षसहित ६९ जनप्रतिनिधि जितेको नेकपा एमाले भने सपथमा सहभागी भएन ।
नेकपा एमालेले ‘मतपत्र च्यात्नेहरुसँग सपथ नलिने’ भन्दै सपथ ग्रहण समारोध बहिस्कार गरेको हो ।
३ बजेको लागि डाकिएको सपथ ग्रहण कार्यक्रम अपराह्न सबा ५ बजे बल्ल सुरु भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको कमजोरीका कारण कार्यक्रम ढिला भएको हो । कार्यालयले प्रमाणपत्र बनाउन ढिला ग¥यो । जनप्रतिनिधिको फोटोसमेत संकलन नगरेको कार्यालयले कार्यक्रममै फोटो संकलन गरेको थियो । कतिपयले फोटोसमेत जुटाउन नसक्दा फोटो नटाँसी प्रमाणपत्र दिइएको छ ।
हेरौं फोटो र भिडियोमा सपथ ग्रहण समारोह
सबै फोटोः विनोदबाबु रिजाल
………….