काठमाडाैं, ३ जेठ ।
वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा उपचार भैरहेका उनको सोमबार बिहान निधन भएको हो । कोरोना परीक्षणक्रममा उनको पोजिटिभ रिपोर्ट आएको थियो ।
वि. सं. २००२ साउन १९ गते पाँचथरमा जन्मिएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध, समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुन् ।