भरतपुर, ३१ वैशाख
चितवनमा अक्सिजनको अभाव हुन नदिन आज एकसाथ दुई संस्थालाई १५ वटा अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरिएको छ । सामाजिक सेवामा काम गर्दै आएको सपना भिलेज सोसल ईम्पयाक्टले भरतपुर अस्पताललाई १० थान र इच्छाकामना गाँउपालिका ५ थान गरी १५ थान अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको हो ।
कोभिड शैया थप गरेसँगै भरतपुर अस्पतालमा स्वास्थ्य सामग्री अभाव हुन नदिन र जिल्लाको एक मात्र गाँउपालिका क्षेत्रका विपन्न जनताको सहजताका लागि अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गरेको सपना भिलेज सोसल ईम्पयाक्टका अध्यक्ष धुव्र गिरीले जानकारी दिए ।
ओमसञ्जीवनी अक्सिजन सप्लायर्स माफर्त ग्याँस उद्योगलाई धरौटी राखी ४ लाख रुपैयाँ बराबरबमो ठूलो १५ थान अक्सिजन सिलिण्डर उपलव्ध गराएको अध्यक्ष गिरीले बताए ।
एक समारोहबीच आज इच्छाकामना गाँउपालिका अध्यक्ष गीतकुमारी गुरुङ र भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई सपना भिलेजका अध्यक्ष धुव्र गिरी र रत्ननगर नगरपालिका मेयर नारायण वनले हस्तान्तरण गरेका हुन् ।
‘अस्पतालमा गम्भीर किसिमका कोरोना संक्रमित व्यक्ति बढे र शैया थपभएसँगै उपचारमा सहजताका लागि सहयोग गरेका हौँ, गिरीले भने –‘सपनाले विगतमा कोरोना कहरमा विविध सहयोग गर्दै आएको थियो । तर यो पटक अक्सिजन नै बढी आवश्यकदेखेपछि हामी सहयोग गर्न पाउदाँ निकै खुसी छौँ । ’