भरतपुर, २२ साउन ।
भरतपुर महानगरकाे नवनिर्वाचित स्थानीय जनप्रतिनिधिकाे सपथ बहिस्कार गर्न नेकपा एमालेभित्र दबाब परेकाे छ । सम्भवत: केहीबेरमा एमालेले अाधिकारिक निर्णय ल्याउँदैछ ।
अाज ३ बजे जिल्ला समन्वय समिति चितवनकाे सभाहलमा अायाेजना गरिएकाे सपथमा सहभागी नहुन केही जनप्रतिनिधि तथा कार्यकर्ताकाे व्यापक दबाब परेपछि नेकपा एमाले चितवन बैठकमा छ । साढे ३ बजेसम्म पनि एमालेका कुनै प्रतिनिधि सपथग्रहणस्थलमा अाएका छैनन् ।
एमाले पार्टी कार्यालयमा जारी बैठकमा सपथमा सहभागी हुने कि नहुने भन्ने विषयमा तीव्र छलफल भइरहेकाे स्राेतले बताएकाे छ ।
एक निर्वाचित वडाध्यक्षले कायाकैरनसँग भने, “हामीलाई सपथमा अाउन अाधिकारिक खबर छैन । बाहिर सुनेका छाैं । जाने कि नजाने भन्नेमा छलफल गर्दैछाैं ।”