काठमाडौँ, २७ वैशाख
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय समस्या आफू नभएर प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन् ।
संसद्मा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई भने, “तपाईंले मलाई प्रचण्ड राष्ट्रिय समस्या भन्नुभयो, म बहस गर्न तयार छु, समस्या म हुँ कि तपाईँ ?” उनले प्रधानमन्त्रीसँग विश्वासको मत माग्ने नैतिक अधिकार नै नभएको बताए । उनले पार्टीभित्रको विवादका कारण जनताको प्रतिनिधिमूलक संस्था नै विघटन गरेकोले सबै नैतिक आधार सकिएको बताए ।
“प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव लोकतान्त्रिक थियो ?”, उनले प्रश्न गरे, “तपाईं र मबीचको विवादका कारण सिंगो जनताको प्रतिनिधिमूलक संस्था विघटन गरेको होइन ?”
प्रधानमन्त्री ओलीले पार्टी एकता भएकै दिनदेखि षडयन्त्र थालेको बताए । “बाम एकतालाई डे वान देखि नै तुहाउ तिर लाग्नुभयो भन्ने आरोप छ तपाईंलाई”, उनले भने, “बहस हाम्रो थियो, प्रतिनिधिसभा विघटन किन ?”