गृह मन्त्रालयले हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति हुने गरी स्थानीय चुनावका लागि सुरक्षा रणनीति बनाएको बताएको छ । स्थानीय सुरक्षा निकायहरुले पनि मतदाताहरुलाई ढुक्क भएर मतदान गर्नका लागि भनेको भन्यै छन् । तर, पछिल्ला केही घटनाहरुलाई हेर्ने हो भने सुरक्षाका हिसाबले मतदाताहरु केही डराउनुपर्ने अवस्था देखिएको छ । अहिलेको अवस्थामा के निर्धक्क भएर निर्वाचनमा भोट हाल्न सकिएला त ? भनेर आशंका गर्न सकिने ठाउँ जत्ति पनि देखिएका छन् । यस्तो अवस्थालाई चिर्दै निर्धक्क भएर मतदान केन्द्रसम्म जानका लागि सुरक्षा निकायले नै जनतालाई आश्वस्त पार्न जरुरी छ ।
सुरक्षाका लागि चारै निकाय उत्तिकै खटिएका छन् । निर्वाचनलाई नै केन्द्रित गरेर देशभर ७५ हजार म्यादी प्रहरी पनि नेपाल प्रहरीले भर्ना गरेको छ । सरकारले हरेक नागरिकले आफ्नो मताधिकार सुरक्षित वातावरणमा निर्धक्क भएर प्रयोग गर्न पाउने प्रत्याभूति दिलाएको छ । तर, कतिपय अवस्था हेर्दाखेरि अझैपनि जनताले निर्धक्क भएर सुरक्षित महसुस गरी स्थानीय निकायको निर्वाचनमा सहभागिता जनाउन सक्लान् र भन्ने लागिरहन्छ । बिहीबार साँझमात्रै नवलपरासीको कावासोतीमा बम पड्कियो । भलै जनताको जिउमा कुनै क्षति हुन पाएन । रत, सधैं संयोगले मात्रै बाँचिन्छ भन्ने छैन । कारणवश बम पड्केको ठाउँमा मान्छे पुगेको भए मानवीय क्षति हुनजान्थ्यो । चितवनका ठाउँ–ठाउँमा बम भेटिएको भेटियै छन् । कतिपय ठाउँमा पड्किएको कुरा पनि आएको छ । निर्वाचन विरोधी गतिविधि पनि ठाउँ–ठाउँमा देखिने गरेको छ । तुलनात्मकरुपमा यी घटनाहरु थोरै संख्यामा हुनसक्छन् सुरक्षा चुनौतीसँग तुलना गर्ने हो भने । तर, जनताको स्तरबाट हेर्ने हो भने बम पड्कनु भनेको ठूलै सुरक्षा चुनौती हो ।
गृह मन्त्रालयले निर्वाचनका लागि ढुक्क रहन भनेको छ । क्षेत्रीयस्तरदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाएकाले कसैले पनि सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था नभएको मन्त्रालयले आश्वस्त पारेको छ । गृहको सुरक्षा योजना र रणनीतिप्रति निर्वाचन आयोगले पनि सन्तोष जनाएको छ । तर, मुख्यकुरा स्थलमा देखिनुप¥यो । जनताको अगाडि त चुनाव भनेपछि उत्साह नै उत्साह देखिनुप¥यो । कुनैपनि बहानामा कुनैपनि बुँदामा सुरक्षाका दृष्टिकोणले कैफियत देखिनु भनेको सुरक्षा चुनौती खडा हुनु नै हो । त्यसैले जनतालाई नाच्दै गाउँदै रमाउँदै मतदानस्थलसम्म पुगेर आफ्ना स्थानीय सरकार छनोट गर्ने अवसरबाट कत्तिपनि विचलित नगर्न सरकारले गम्भीर ढंगले सोच्न जरुरी छ ।
मतदातालाई सुरक्षा देऊ
मतदातालाई सुरक्षा देऊ
तपाईको प्रतिक्रिया