भरतपुर, ९ वैशाख
नयाँ–नयाँ ड्रेस र फेसनमा रुचि राख्ने महिलाहरुका लागि भरतपुरमा आधुनिक बुटिक खुलेको छ–उजेली ।
महिलाको आउटफिट उज्यालो बनाउने उद्देश्यले खोलिएको उजेली क्रिएसन बुटिक, फेन्सी कलेक्सन तथा डिजाइनर ड्रेसहरू पाइने पसल हो । भरतपुर–१०, सप्तगण्डकीचोक पुरानो सप्तगण्डकी डिपार्टमेन्ट स्टोरभित्र रहेको पसलले कारोबार सुरु गरे पनि औपचारिक सुरुआत केही दिनमा गर्ने सञ्चालक विद्या पौडेलले जानकारी दिइन् ।
ठूलो ठाउँ र फेसनेबल लुगाहरु भएको उजेलीले किशोरी तथा महिलाहरुलाई आकर्षण गर्नेछ । “भरखरैका युवतीहरु र उमेर केही पाका भएका महिलाहरुलाई पनि हामी सेवा दिनेछौँ”, सञ्चालक पौडेलले भनिन्, “दुलही तथा विहेमा सहभागी हुने अरु महिलाहरुलाई पनि हामी सुन्दर बनाइदिनेछौँ ।” रिसेप्सनमा लगाउने ड्रेससँगै मेहन्दी तथा अर्डर गरेअनुसारका हरेक डिजाइन दिइने उनले बताइन् ।
उजेलीमा काठमाडौँको दरबारमार्गका बुटिकहरुमा लामो समय अनुभव बटुलेका सुचीकार तथा कालीगढबाट पोशाक तयार गरिन्छ । “अब सबैखाले पोशाकका लागि बजार चहार्दै हिँड्नुपर्ने बाध्यता छैन”, पौडेलले भनिन्, “एकै ठाउँमा सबै सेवा लिन सकिनेछ ।”
भाडामा पनि
महँगा लुगा किनेरै लाउनुपर्ने बाध्यता पनि उजेलीले हटाइदिएको छ । यहाँ आफूलाई मन परेको लुगा भाडामा पनि लगाउन पाइन्छ । “कुनै विशेष अवसरमा नयाँ ड्रेस लगाउन मन लाग्छ”, सञ्चालक पौडेलले भनिन्, “सधैँ नयाँ किन्न पनि सकिँदैन । तर, त्यस्तो अप्ठ्यारो अब हामीले हटाउँदैछौँ भाडामा दिएर ।”
महिलालाई उज्यालो बनाउने उजेली बुटिक
महिलालाई उज्यालो बनाउने उजेली बुटिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस