काठमाडौँ, ६ वैशाख ।
कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले तोकिएको समयभन्दा बाहेक होटल तथा रेष्टुरेन्टले होम डेलिभरी भने गर्नसक्ने बताए ।
यस्तै राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्नेछ ।