भरतपुर, २० साउन ।
भरतपुर–१९ को पुनःमतदानको मतपेटिका समयमै भरतपुर ल्याइएपनि अहिलेसम्म मतगणनाको सुरसार छैन । भरतपुरको कभर्डहलमा मतपेटिका भित्र लगिएको छ । बेलुकि ८ः१० सम्म मतगणना सुरु हुने कुनै जानकारी दिइएको छैन ।
कभर्डहल परिसर रहेका कायाकैरन सहकर्मी विप्लव काफ्लेका अनुसार भित्र पत्रकारहरुलाई प्रवेश दिइएको छैन । भित्र के भइरहेको छ भन्ने एकिन जानकारी पनि बाहिर दिइएको छैन । केहीबेरमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गर्ने जनाइएको छ ।