काठमाडौँ, २२ चैत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढेको हो ।
अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल, मट्टितेल १०३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले मूल्य नबढाए पनि निगमले मूल्य बढाएको हो । निगमले घाटा पूर्ति गर्नका लागि भन्दै मूल्य बढाएको जनाएको छ ।