भरतपुर, १४ चैत ।
शनिबार साँझ ६:२० बजेको समयमा पश्चिम चितवनको पकौडी बजारमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
भरतपुर-माडी सडकखण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ४० प ७०८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १ पुरुष र २ युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्युु हुनेमा भरतपुर महानगरपालिका- ६ गीतानगर बस्ने वर्ष ४०/४५ का स्कुटर चालक मोहन अधिकारी तथा सोही स्कुटरमा सवार उनकी छोरी वर्ष १७ की बिनिसा अधिकारी र स्कुटर चालककै दाइको छोरी वर्ष १७ की दिबिसा अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारको क्रममा भरतपुर अस्पतालमा साँझ ७ बजे मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले बताए ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।